राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण « Khabarhub

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् ।

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ ।

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : १२ बजे

महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग

काठमाडौं- महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले जेन–जी आन्दोलनपछि निर्मित बलियो सरकारले

समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारी राजस्वबाट पैसा दिनु कति उचित ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमा सरकार बनेको एक

मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोड : सैन्य कारवाही टरेको सङ्केत

वाशिङ्टन डीसी- संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य