सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३० ढोका खोलियो « Khabarhub

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३० ढोका खोलियो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी–अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै सप्तकोशीको कोशी व्यारेजमा पानीको बहाव उच्च भएकोछ ।

पानीको बहाव बढेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बिहान ५ बजे मापन गरिएको पानी २ लाख २५ हजार ९ सय १५ क्युसेक प्रतिसेकेन्ड रहेकोमा ८ बजेको मापनमा बहाब बढेर २ लाख २८ हजार २ सय पुगेको छ ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले बहाब अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

अहिले व्यारेजका ३० ढोका खोलिएको छ । ५६ वटा ढोका रहेको व्यारेजमा भारतीय समन्वयमा पानीको बहाब बढ्न थालेपछि खतराको चिन्ह राखेर ढोका खोल्ने गरिएको छ ।

लगातार पानीको बहाव बढेपछि कोशी प्रभावित क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बिहान ९ बजे सूचना जारी गर्दै नेपाल बाढी सूचनाले नियमित अनुगमन गर्न आग्रह गरेको छ । सप्तकोशी नदी चतरामा जलसतहले खतरा तह पार गरेपछि सबैलाई सचेत रहन पनि बाढी सूचनाले आग्रह गरेको छ ।

सो क्षेत्रका सर्वसाधारणलाई एसएमएसमार्फत सूचना पठाएको भन्दै उचित व्यवस्थापन र अनुगमनका लागि जुट्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । स्थानिय प्रसासनको समन्वयमा कोशीको तटबन्ध र व्यारेज नियमित अनुगमन गर्नुपर्ने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : ३४ बजे

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले