डोल्पा अस्पताल पुग्न पुल र सडक नहुँदा बिरामीलाई सास्ती « Khabarhub

डोल्पा अस्पताल पुग्न पुल र सडक नहुँदा बिरामीलाई सास्ती


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन्  तर अस्पतालसम्म जान/आउन भने पाउँदैनन् ।

एउटा एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । वारी पारी गर्ने भेरी नदीमा पुल र सडक नहुँदा अर्को एम्वुलेन्सले भेरी नदी पारी पट्टी सम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्वुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट अस्पतालसम्म पुर्‍याउने गरिन्छ ।

अहिले झोलुङ्गे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारणहरू वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन् । स्टेचरमा राखेर बिरामी लिनसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्‍याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पताल लैजाँदा बाटोमै सुत्केरी हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् ।

हाल २५ शय्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री ओसार्न समेत समस्या हुँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले सुनाए । ‘बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री लिन समेत समस्या हुँदै आएको छ ।’ उनले भने।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान/आउन मात्र हिँडेर आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् ।  त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ तर अस्पताल जाने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरूले गुनासो पोखेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : ५० बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी