डोल्पा अस्पताल पुग्न पुल र सडक नहुँदा बिरामीलाई सास्ती « Khabarhub

डोल्पा अस्पताल पुग्न पुल र सडक नहुँदा बिरामीलाई सास्ती


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन्  तर अस्पतालसम्म जान/आउन भने पाउँदैनन् ।

एउटा एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । वारी पारी गर्ने भेरी नदीमा पुल र सडक नहुँदा अर्को एम्वुलेन्सले भेरी नदी पारी पट्टी सम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्वुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट अस्पतालसम्म पुर्‍याउने गरिन्छ ।

अहिले झोलुङ्गे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारणहरू वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन् । स्टेचरमा राखेर बिरामी लिनसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्‍याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पताल लैजाँदा बाटोमै सुत्केरी हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् ।

हाल २५ शय्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री ओसार्न समेत समस्या हुँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले सुनाए । ‘बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री लिन समेत समस्या हुँदै आएको छ ।’ उनले भने।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान/आउन मात्र हिँडेर आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् ।  त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ तर अस्पताल जाने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरूले गुनासो पोखेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : ५० बजे

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको