दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ निर्वाचित « Khabarhub

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ निर्वाचित


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी निर्वाचित भएका छन् ।

डिसीले एक हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत लिए ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)ले गठबन्धन गरेका थिए ।

चैत ५ गते निर्वाचन कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण स्थगित भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १० : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै