पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट « Khabarhub

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ ।

लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए । उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फर्छ्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।

लेखा अनुगमन, मितव्ययिता एवं पारदर्शिता वृद्धि गर्न आवश्यक पहल गर्न सदस्य बरालको संयोजकत्वमा पौडेल सदस्य रहेको समिति बनाइएको छ । राजस्व, सुशासन वृद्धि एवं सम्पत्तिको संरक्षणमा आवश्यक सहजीकरण गर्न रामजी पौडेलको संयोजकत्वमा विष्णुमणि बराल सदस्य रहेको समिति बनाइएको छ भने शिक्षा, सामाजिक, स्वास्थ्य, कृषि, पशु आर्थिक विकासतर्फको बजेट व्यवस्थापन, खर्च एवं लेखाको अनुगमन र सहजीकरण गर्न दुर्गादेवी थापा केसीको संयोजकत्वमा बलराम पौडेल सदस्य रहेको समिति बनाइएको छ ।

भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरणतर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजकत्वमा दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै