भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा | Khabarhub Khabarhub

भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा – अवैधरुपमा भारतबाट भित्रिने कुखुराले स्थानीय किसान मर्कामा परेका छन् ।

जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताए। उनका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक रु ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ ।

“दुई खर्बभन्दा बढी लगानी र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान दिइरहेको पोल्ट्री व्यवसायबाट लाखौँले रोजगारी पाइरहेका छन्”, निरौलाले भने, “आत्मनिर्भर एउटा मात्र कृषि उद्योगको रुपमा रहेको यसलाई जोगाउन अवैध आयात कडाइका साथ रोक्न राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।”

कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे । मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगीरथ राईले केही धनधावालले भारतबाट मरेका कुखुरासमेत लुकीछिपी ल्याएर सीमावर्ती बजारमा बेच्ने गरेको उल्लेख गर्दै यसबाट वैधानिक र स्वच्छ व्यवसाय गर्ने बदनाम भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा भारतबाट आयात गर्न प्रतिबन्ध रहेकाले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : ४८ बजे

डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण

बागमतीमा दुर्लभ कालो टाउके दंगा चिलको उडान (तस्बिरहरू)

काठमाडौं– राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको

कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त

काठमाडौं–  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्य

जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते

टोकियो– जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना

कात्तिक नाचअन्तर्गत बराह अवतार-हिरण्याक्ष वध मञ्चन

काठमाडौं– ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत सातौँ दिन आइतबार राती बराह अवतार–हिरण्याक्ष