बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा « Khabarhub

बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन्। साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन् ।

“बालबालिकालाई बाँच्न, नाच्न र हास्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ”, उनले भने, “बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन ।”

महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए । एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ ।

“साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ”, उनले भने ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : २७ बजे

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- सहकारी ठगी प्रकरणमा जेल जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

विभेद्विरुद्ध जाग्दै मधेशका महिला

महोत्तरी– सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेदमा परेका मधेशको

मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद

काठमाडौं– मोरङको रंगेली नगरपालिका-८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय

नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही– विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली

मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

विराटनगर– कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण