एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल « Khabarhub

एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्। एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा शुक्रबार आयोजित धनुषा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताए ।

“हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ तर एमाले एक्लो छैन । अर्को चुनावमा एकल बहुमत ल्याउने गरी आजैदेखि हामी जुटिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भने ।

एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले मिसन ग्रासरुट अभियानको पहिलो प्राथमिकता सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माण रहेको बताए ।

एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेत्री जुली महतोलगायतले आआफ्नो धारणा राखे।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ५५ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली