आज २०७९ साल चैत ११ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल चैत ११ गते शनिबारको राशिफल


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल चैत ११ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :

मेष : दिन राम्रो छ। साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ।

वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : ०५ बजे

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

काठमाडौं– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)

रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय

काठमाडौँ – चितवनको पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदा देशकै

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

काठमाडौं– सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता

परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन

काठमाडौं- महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनतालाई