आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा « Khabarhub

आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

विराटनगर – जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर जावलाखेल अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको छिनोफानो सडेन डेथबाट गरिएको थियो। टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो। सडनडेथमा जावलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरे।

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङदङबेको प्रहार बाहिरिँदा आर्मी पराजित भयो। जावलाखेलका सीमान्त खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

अब जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ। शनिबार तेस्रो क्वार्टरफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ०३ बजे

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला