बेवारिसे मोटरसाइकलका हकदारको खोजी सुरु « Khabarhub

बेवारिसे मोटरसाइकलका हकदारको खोजी सुरु


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय झापाले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।

कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएको जनाएको छ ।

पन्ध्र दिनभित्र हकदाबी गर्न कोही नआएमा कानूनबमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा यस्ता मोटरसाइकल सयौँको सङ्ख्यामा वर्षौंदेखि राखिँदै आएको छ ।

अधिकांश मोटरसाइकल चालू अवस्थामा छैनन् भने कतिपयको पार्टपुर्जा हराएका वा बिग्रिसकेका छन् । ब्लूबुक नभेटिएका, भारतबाट चोरी भएर आएका, चेसिस नम्बर र नम्बर प्लेट नभएकालगायतका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सुरक्षितरुपमा भण्डारण नगरिएका कारण कैयौँ मोटरसाइकल लगातार घामपानी परेर कबाडी बनिसकेका छन् ।

मन्त्रिपरिषद्ले जारी गरेको सरकारी सम्पत्ति तथा जिन्सी मालसमान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न लागेको सूचना अधिकारी रिजालले बताए ।

लिलामी प्रक्रिया सुरु गरिएका अधिकांश मोटरसाइकल नेपाली नम्बरकै छन् । केही साधन भारतीय नम्बरका र केहीको नम्बर प्लेट नै पत्ता नलागेको अवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : २१ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती