पहिरोले घर पुरिँदा एकै परिवारका ३ को मृत्यु « Khabarhub

पहिरोले घर पुरिँदा एकै परिवारका ३ को मृत्यु


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्ध तामाङ
भोजपुर-अविरल वर्षातसंगै खसेको पहिरोले घर पुरिदाँ एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।

घरमा बसिरहेका राईका श्रीमती, दुई छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि उनीहरु मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

राई भने केहि घरायसी कामले गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

स्थानीय गाउँबासीले मृतक शव निकाल्न नसकेपछि जेसिबी लगिँदै गरेको प्रहरीले जनाएको छ । राईको घर भिरालो जमिनमा भएको बताईएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : ३३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग