भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश « Khabarhub

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको निर्धारित खेलमा गत वर्षको विजेता गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्ट्स क्लब खोटाङ दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । खेल बराबरी भएपछि समय थप नगरी खेलाइएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीका तर्फबाट निशान न्यौपाने, विकास थुलुङ, सन्तोष, टम्पी र फोफनाले पाँच गोल गरेका थिए ।

यता भगवती स्पोर्ट्स क्लब खोटाङका तर्फबाट भने अबदुल्ला, सविन राई, एलेक्स र शरद राईले चार गोल मात्र गरेका थिए । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ रुपन्देहीका शाहिल्द भएका छन् । सोमबार हुने अन्तिम क्वार्टरफाइनल खेल एभिनिर क्यामरुन र बसाहा युथ क्लब उदयपुरका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई ४–२ ले पराजित गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरेको छ भने शनिबारको तेस्रो खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइलको यात्रामा पुगेको हो ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुरको सहभागिता रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिए।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

चैत १० देखि सुरु प्रतियोगितामा १० देखि १३ गतेसम्म क्वार्टरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल खेल सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ३२ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८