सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’ | Khabarhub Khabarhub

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीहरूका लागि टाइमकार्ड लागू गरिएको हो ।

जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताए। टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्र सवारी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाइ छ ।

“यात्रुलाई छिटो पुग्नुपर्ने र चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा सवारीको गति बढ्छ । तीव्र गतिको सवारी दुर्घटनाको जोखिममा पर्छ । सवारी अनियन्त्रित भएरै धेरैजसो दुर्घटना भएका छन्”, प्रमुख खतिवडाले भने, “तीव्र गतिका कारण हुने दुर्घटना रोक्न हामीले टाइमकार्डम लागू गरेका छौँ । निश्चित समय तोकिएको हुन्छ, यदि त्यो समयभन्दा अगाडि आइपुग्ने सवारीलाई प्रहरीले तत्काल कारबाही गर्छ ।”

पत्ताले–सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा–जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ–गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर–मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको भन्दै निश्चित दूरी पार गर्न समय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लामा यसअघि पनि टाइमकार्ड लागू गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो समय प्रहरीले टाइमकार्ड हेर्न छाडेपछि चालकले सक्दो तीव्र गतिमा सवारी चलाउने गरेका थिए ।

यसैबीच ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौँलगायत देशका विभिन्न स्थानमा आवतजावत गर्ने सार्वजनिक सवारीले अनिवार्य बस पार्कमा प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ । सिद्धिचरण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय र सरोकारवाला कार्यालयहरूको सर्वपक्षीय बैठकले दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गर्ने र रमाइलो डाँडाको बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियोे ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ४४ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र