सवारी अनियमितता बढ्दो « Khabarhub

सवारी अनियमितता बढ्दो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा —  पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अगाडि बढाएको हो ।

चालु आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० वटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भने तीव्र रूपमा अगाडि बढिरहेको जिल्ला ट्राफिक रसुवाले जनाएको छ । आठ महिनामा सात सय २५ मोटरसाइकल एवं छ सय २९ कार जीप, एक सय आठ वटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए ।

यो वर्ष सवारीसाधन सञ्चालनको प्रक्रिया नपुर्‍याइ आफूखुसी हिँड्ने चालक एवं सवारीधनीको सङ्ख्या क्रमशः वृद्वि हुँदै गएको ट्राफिक प्रहरीको विश्लेषण रहेको छ । सवारी नियम उलङ्घन गर्ने सवारी चालक उपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधान अनुरूप आठ महिनामा असूल गरिएको ३० लाख ९४ हजार पाँच सय जरिवाना राज्यकोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक राजस्व अभिलेखकर्ता जयराम लामिछानेले बताए ।

यस्तै चालु आवको आठ महिनामा रसुवाका सडक मार्गका विभिन्न भागमा सानाठुला १२ सवारी साधन दुर्घटना भएको थियो । गत भदौ १७ गते रसुवाको तारूकेमा भएको डुङ्गा दुर्घनाबाट दोलखा गौरीशङ्करका २३ वर्षीय विश्वनाथ भुजेल, कात्तिक ४ गते साङ्जेन हाइड्रो पावरमा भएको लोडर दुर्घटनाबाट दाङ राप्तीका ३६ वर्षीय वसन्तराज घिमिरे, कात्तिक १७ मै रसुवा कालिका– ४ कटुञ्जेमा भएको मोटरसाइकल दुर्घनाका कारण सोही स्थानका ८४ वर्षीय टीकानाथ न्यौपाने र मङ्सिर ५ गते साङ्जेन हाईड्रो पावरको बाँधमा भएको स्काभेटर दुर्घटनामा रसुवा गोल्जुङका ४५ वर्षीय कामी घलेको दुःखद निधन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुई महिलासहित १० जना भने उपचारपछि घर फर्केको जनाइएको छ । कुनैपनि सवारी चालकले नियमानुसारको कागजपत्र साथमा राख्न, सडकको अवस्था हेरेर मात्र गतिलिन, छतमा कुनैपनि यात्रु नराख्न, आफ्ना सवारी साधनमा जान लागेका यात्रुलाई बीचबाटोमा नछोड्न, यात्राका लागि आफ्ना सवारी साधनमा बसेका यात्रुलाई शौचालय गराउन आवश्यक स्थानमा रोकी सहयोग गर्दै ट्राफिक नियम कानुनको पूर्ण पालना गर्न चालकलाई अनुरोध गरिएको निमित्त इन्चार्ज घिमिरेले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : १४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग