महेन्द्रनगरमा भन्सार छली ल्याइएका सामान बरामद « Khabarhub

महेन्द्रनगरमा भन्सार छली ल्याइएका सामान बरामद


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट झण्डै २ लाख रुपैयाँको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आइतबार साँझ उक्त परिमाणको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार भन्सार छलेर ल्याइएको सलाई, कपडाको अस्तर, नरिवलको धुलो र प्लास्टिकको झिल्ली गरी १ लाख ८७ हजारभन्दा धेरै रकम बराबरको मालसामान बरामद भएको हो ।

उक्त सामान बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ३२ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति