सङ्घीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी « Khabarhub

सङ्घीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताए ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले उक्त ऐनको प्रक्रिया अघि बढेको बताए ।

“धेरै वर्षदेखि सङ्घीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै सङ्घीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ”, मन्त्री मोदीले भने ।

मन्त्री मोदीले संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल हुनेसमेत विश्वास व्यक्त गरे । उनले भने, “सङ्घीय निजामती ऐन अगाडि बढिसक्यो, संसद्को यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ ।”

मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेकोसमेत बताए । उनले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएकोसमेत उल्लेख गरे । निमित्तमार्फत स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुआत गरेको उनको भनाइ थियो ।

मन्त्री मोदीले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिनसमेत कर्मचारीलाई निर्देशन दिए।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : ४३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग