सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै | Khabarhub Khabarhub

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ।

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने परम्परा छ। सोहीअनुसार आज साँझ ५ बजे जमलको तीनधाराबाट तानेर शहरका विभिन्न स्थान परिक्रमा गर्दै भोटाहिटीसम्म पुर्‍याइने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ।

सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । पहिलो दिन महिलाले मात्रै रथ तान्नेछन्। रथलाई भोलि असनसम्म र पर्सि तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पुर्‍याइनेछ ।

अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ। सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १५ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय