मौरीपालनबाटै आत्मनिर्भर « Khabarhub

मौरीपालनबाटै आत्मनिर्भर


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी- मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् ।

उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम आठदेखि एक सय ५०सम्म मौरीका घार छन् ।

मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकामा पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३७ लाख रु ५० हजार, तेस्रो वर्ष २५ लाख र चौथो वर्ष रु १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराउँदै आइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमेरै बित्ने गर्छ । घरमा अहिले एक सय ५० मौरीका घार छन् । उनले ती घारबाट एकै याममा छ क्विन्टलसम्म मह उत्पादन गर्दै आएकी छन् ।

चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह बिक्रीबाट जनही एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । कृषि ज्ञान केन्द्रले समय समयमा कृषकलाई मौरीपालन गर्ने तरिकाका बारेमा जानकारी गराउनका साथै मौरीमा देखिने रोगकारीको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।

मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरूको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्राङ्गारिक भएका कारण पनि बजारमा धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मालरानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब