प्रहरी परिसरमै चिनियाँ नागरिकको नाराबाजी | Khabarhub Khabarhub

प्रहरी परिसरमै चिनियाँ नागरिकको नाराबाजी


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् । बुधबार पक्राउ परेका १९ जनामध्ये ९ जना चिनियाँ नागरिक थिए । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले बानेश्वरस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको  परिसरमा नाराबाजी गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गरेको थियो । चिनियाँ नागरिकले नाराबाजी मात्र गरेनन् तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गरेका थिए ।

पक्राउ परेर हतकडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार देखिएको प्रहरीले जनाएको छ । ह्वाट्सएपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बताए ।

ह्वाट्सएपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गरेको भेटिएको उनले जानकारी दिए । ‘पैसा हालेपछि सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ । यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : ०३ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप