भरतपुरका सडकमा वृक्षरोपण | Khabarhub Khabarhub

भरतपुरका सडकमा वृक्षरोपण


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’ मा वृक्षरोपण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वृक्षरोपण शुभारम्भ गरिन् । सो क्रममा उनले भरतपुरका सयौँ किलोमिटर सडकलाई सौन्दर्यकरण गर्न प्राथमिकतामा राखेको उल्लेख गरिन् । महानगरले ‘एक घर दुई बिरुवा’ को नीति लिएर सुन्दर हरियाली सडक तथा वातावरणमैत्री सहरका रूपमा अगाडि बढाउँदै लगिएको प्रमुख दाहालले बताइन् ।

“यस क्षेत्रमा राष्ट्रिय तथा सामुदायिक वन भए पनि स्वच्छ र हराभरा सहरका रूपमा परिचत गराउन सहर क्षेत्रका सडकमा वृक्षरोपण गरिएको हो”, प्रमुख दाहालले भनिन् ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रित वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिए । उनले सहरमा वृक्षरोपण गर्नाले चारदेखि पाँच डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले वृक्षरोपणलाई प्राथामिकता दिइएको औँल्याए ।

पौडेलले जनसङ्ख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउँदै सहरलाई सौन्दर्यकरण गरी हरित सहर निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिए । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रवर्द्धनमा विनियोजन गर्ने परिपाटी रहेको उनको भनाइ थियो ।

भरतपुर बाइपास रोडमा भएका डिभाइडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा सजियम र बौगेनवेलियाका बिरुवा लगाइने छ ।

महानगरले छ लेन सडक, बाइपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति लिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : २६ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज