राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम « Khabarhub

राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य चार अर्ब ३५ करोड नौ लाख ४० रुपैयाँ रहेकामा सो कार्यालयले उक्त अवधिमा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकर वापत ५८ करोड ५९ लाख २१ हजार रुपैयाँ, घरबहाल कर वापत एक करोड दुई लाख ८४ हजार रुपैयाँ, ब्याज कर वापत चार करोड ७३ लाख नौ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ६० करोड १६ लाख १३ हजार रुपैयाँ, स्वास्थ्य कर वापत ४२ करोड १३ लाख ५२ हजार रुपैयाँ तथा शिक्षाकर वापत चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ३६ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने