सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई  « Khabarhub

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई 


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बारा- सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे । जुन गोल नै चर्चलाई सिमरा गोल्डकपमा प्रवेश गरेको पहिलो पटक नै उपाधि जीतका लागि काफी भयो ।

सो खेलको छैटौँ मिनेटमा नै हिमालयन शेर्पा दश खेलाडीमा सीमित हुन परेको थियो । शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर दिनेश उराव रातो कार्ड पाएर बाहिरिएका थिए । खेलको सुरुवाती देखी नै १० खेलाडी सीमित हिमालय शेर्पा उपाधि जित्न नसकेर दोस्रो हुनु परेको छ ।

उपाधिसँगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षकको उपाधि प्रदीप हुमागाईंले पाउन सफल भए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ५३ बजे

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन

शैक्षिक गुणस्तर उकास्न विद्यालयलाई ४२ थान कम्युप्टर प्रदान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र

१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा