स्वर्गीय श्रीमतीकाे स्मृतिमा श्रीमान‍्ले गरे दुई लाखको अक्षयकोष स्थापना « Khabarhub

स्वर्गीय श्रीमतीकाे स्मृतिमा श्रीमान‍्ले गरे दुई लाखको अक्षयकोष स्थापना


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्षयकोष स्थापना गरेका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मीसमेत कमल सिंह साहुले दुई लाखको अक्षयकोषका लागि रकम प्रदान गरेका छन् ।

अमेरिकामा रहेका तीर्थराज पाण्डेयले स्वर्गीय पिता लक्ष्मीदत्त पाण्डेयको स्मृतिमा स्वर्गीय सावित्री साहुलाई मरणोपरान्त १ लाख २५ हजार राशिको पुरस्कार प्रदान गरेकोमा उनका श्रीमान् कमलले ७५ हजार थप्दै दुई लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

साहित्य समाजद्वारा आयोजित विश्व नेपाली नारी साहित्य महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साहुलाई १ लाख २५ हजारको पुरस्कार प्रदान गरेका थिए ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार अब उक्त कोषको व्याजबाट आउने २५ हजार रुपैयाँको पुरस्कार प्रत्येक वर्ष नारी श्रष्टालाई प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : १३ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ