जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन « Khabarhub

जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमा जारी ‘इस्लामिक अतिक्रमण’ विरुद्ध प्रदर्शन गरेको छ ।

आज अभियानले अध्यक्ष विनय यादवको नेतृत्वमा ललितपुरस्थित दमकल चोकबाट र्‍याली निकालेको थियो । उक्त र्‍यालीमा सहभागीहरुले मुस्लिम आयोगको कार्यालयअगाडि पुगेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ’, ‘मुस्लिम आयोग खारेज गर’, ‘इस्लामिक अतिक्रमण बन्द गर’, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ’, ‘जिहादी आतंकवाद मुर्दावाद’, ‘हिन्दू एकता जिन्दावाद’, ‘समीम मियाँलाई कारवाही गर’, ‘नेपाललाई तालिबान बनाउन पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

उक्त प्रदर्शनमा अभियानका अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको आरोप लगाए । उनले भने, ‘हिन्दूहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीको अवसरमा जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ की नेपालमा जिहादी गतिविधि बढेको छ ।’

सोही क्रममा उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झूठो प्रेस विज्ञप्ति निकालेको आरोप लगाए । उनले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पुर्‍याएको छ ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : ०७ बजे

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन