मधेस सहिद लोकमार्गको निर्माण प्रक्रिया सुरु « Khabarhub

मधेस सहिद लोकमार्गको निर्माण प्रक्रिया सुरु


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट रुट रेखाङ्कन सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषदबाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए । मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी गरे ।

विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्गअन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्नेछ ।

दुई लेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६ दशमलव ८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि रु दुई करोड ५० लाखको लागतमा मार्गको डिपीआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ४४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने