चितवन–२ उपनिर्वाचन : मनोनयनका लागि छुट्टाछुट्टै समय | Khabarhub Khabarhub

चितवन–२ उपनिर्वाचन : मनोनयनका लागि छुट्टाछुट्टै समय


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन – आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विहान १० बजे, नेपाली कांग्रेसका लागि दिनको २ बजे, नेकपा एमालेका लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी थालेका हुन् ।

रास्वपाका केन्द्रीय सभापति लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आफ्नो उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडै दर्ता गर्न लागिएको उनका निजी सचिव प्रकाश सिग्देलले बताए ।

कांग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि दिनको १ बजे चौबिसकोठीमा भेला हुन आह्वान गरेको छ । मनोनयन दर्ताका क्रममा कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवन आउने कार्यक्रम रहेको छ । भेलामा नेताले सम्बोधन गरेपछि जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

एमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै छन् । उमेदवारी दर्ता गर्नुअघि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, राप्रपाका उमेदवार ल पुरीले ४ बजे उमेदवारी दर्ता गर्दै छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटी सबै दलका उमेदवार पुगेर भीडभाड नहोस् भनेर दललाई छुट्टाछुट्टै समय दिइएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : २६ बजे

बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा

काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा