बन्दीपुर अस्पतालका भिडियो एक्स-रे मेसिन प्रयोगविहीन « Khabarhub

बन्दीपुर अस्पतालका भिडियो एक्स-रे मेसिन प्रयोगविहीन


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।

 तीन-चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक-पटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उनले बताए। ‘आगामी वर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स-रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ ।’

उक्त अस्पताल १५ शय्या क्षमताको छ । अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ । एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन् ।

उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक  आशिष अधिकारीले जानकारी दिए । अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ । महिलाहरूको पाठेघरको क्यान्सर भए-नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १२ : ०२ बजे

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा