तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित | Khabarhub Khabarhub

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ ।

खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उनलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गरेको रेफ्री ढकालले बताए । युरोपेली देशमा सञ्चालन हुने विश्व बरियताका खेलमा निर्णायकको भूमिकामा रहेका ढकाल नेपालको प्रतिनिधित्व गर्दै अष्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन् ।

ढकाल स्पेनको अलिकान्टे सहरमा सञ्चालन हुने प्रतियोगितामा समेत सहभागी हुने बताइएको छ । केही महिनाअघि ढकालले उज्वेकिस्तानको तास्कन्दमा ‘पेरिस ओलम्पिक, २०२४’ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागी भएका थिए । उनले यसअघि बेल्जियम, स्पेन, फ्रान्स, पाकिस्तान, जर्मनी र चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ४१ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा