अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप « Khabarhub

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप


२३ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् ।

प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा प्रहरीले स्टन ग्रेनेड र रबरको गोली प्रयोग गरेर उपासकहरूलाई तितरबितर पारेको थियो ।

प्यालेस्टिनीे सरकारी समाचार संस्था वाफाका अनुसार करिब २०० उपासकहरू रमजान रात तरावीहको प्रार्थना गरिरहेका बेला प्रहरीले परिसरमा आक्रमण गरेको थियो ।

इजराएली प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दर्जनौं कानून उल्लङ्घन गर्ने युवाहरूले दङ्गा भड्काउन मस्जिदभित्र अवरोध गर्ने प्रयास गरेका र ती युवाले मस्जिदको ढोका बन्द गर्ने प्रयास गरेपछि सुरक्षा फौज मस्जिदभित्र पसेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “कानून उल्लङ्घन गर्नेहरूले उक्साउन नारा लगाउने पटाका पड्काउने र घटनास्थलमा कार्यरत प्रहरी अधिकारीहरूमाथि बोतल, काठ, ढुङ्गा र इटाका टुक्राहरूले आक्रमण गरेपछि स्थिितिलाई नियनत्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो ।

इजरायली आक्रमणको मुस्लिम विश्व र संयुक्त राष्ट्रसङ्घबाट निन्दा भएको छ । हजारौं मुस्लिम धर्मावलम्बीले रमजानको पवित्र महिनालाई पहाडको टुप्पोमा रहेको मस्जिद परिसरमा प्रार्थना गरेर मनाउने संवेदनशील बिदाको समयमा हिंसा भड्किएको थियो ।

परिसरको तल, सयौं यहूदी तीर्थयात्रीहरूले निस्तार चाडको छुट्टी मनाउँदै पश्चिमी पर्खालमा प्रार्थना गर्छन् । मुस्लिमहरूको लागि तेस्रो पवित्र स्थल र यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थान अल–अक्सा मस्जिद परिसर पूर्वी जेरुसलेममा अवस्थित छ ।

यो स्थल पूर्वी जेरुसेलमको पुरानो शहरमा पर्छ । यो क्षेत्र इजरायलले सन् १९६७ को मध्य पूर्व युद्धमा पश्चिम किनारा र गाजा पट्टीको बाँकी भागसहित कब्जा गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ५७ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि