किसानलाई हिउँदे बाली भित्र्याउन चटारो « Khabarhub

 किसानलाई हिउँदे बाली भित्र्याउन चटारो


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

दाङ– कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ ।

किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् ।

तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण अन्नबाली जोगाउन समस्या भइरहेको बताए। ‘बाली भित्र्याउने बेला भएको थियो, एक्कासि पानी परेकाले समस्या बनाएको छ’, उनले भने।

केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा नहुँदा चिन्तित छन् । ‘हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानीले कुहिने हो कि भन्ने डर छ’, किसान प्रमिला चौधरीले भने । उनले आफ्ना छ महिनाको मेहनत कुहिन्छ कि भन्ने चिन्ता लागेको बताए।

दाङ तोरी उत्पादनका लागि उपयुक्त वातावरण भएको जिल्ला मानिन्छ । यहाँ दुई याममा तोरी खेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि २५ हजार मेट्रिक टन तोरी उत्पादन हुने दाङस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दङ्गीशरण, शान्ति नगर र बवईलगायत क्षेत्रमा तोरी खेती हुने गरेको छ । जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गर्छ । केन्द्रका अनुसार २७ हजार छ सय हेक्टर जमिनमा मुसुरो खेती हुने गरेकामा करिब २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ । यहाँ बर्सेनि विभिन्न दुई दर्जन खाद्य बालीको खेती हुने केन्द्रको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै