बारामा लाखौँ सापटी लिएर एक महिला फरार | Khabarhub Khabarhub

बारामा लाखौँ सापटी लिएर एक महिला फरार


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाराको निजगढ नगरपालिका–९ की एक महिला लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम फ्यान्सी पसल सञ्चालन गर्दै आइरहेकी निलु नामले परिचित मनिला गौतम फरार भएकी हुन् ।

३३ वर्षीया गौतमले दर्जनौँ महिलासँग थप ट्रिपर खरिद गरी व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनका लागि भन्दै लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् ।

उनले व्यावसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफूसँग लाखौँ रुपैयाँ मागेको निजगढ ९ बस्ने रंजिता कुमारी श्रेष्ठले गुनासो गरिन् । उनका अनुसार केही समय पहिले मात्र नयाँ ट्रिपर खरिद गर्ने रकम अपुग भएको भन्दै गौतमले श्रेष्ठसँग पैसा सापटी लिएकी थिइन् ।

यस्तै, गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पिडितको भनाइ छ । गौतमले छिमेकी तथा आफन्तसँग विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिएको बताइएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् ।

गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित रंजिता कुमारी श्रेष्ठले भनिन् ।

जिल्ला प्रहरी कार्यालय बारामा गौतमविरुद्ध जाहेरीसमेत परेको छ भने फरार रहेकी गौतमको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ५८ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्