महोत्तरीमा सवारी दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु | Khabarhub Khabarhub

महोत्तरीमा सवारी दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिबास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला-९ का ३० वर्षीय युवा घाइते भएका थिए । बर्दिवास शुभस्वस्तिक अस्पतालमा उपचार गराउने क्रममा घाइतेको ज्यान गएको प्रहरीले जनाएको छ ।

विङगर गाडीसहित चालक सर्लाही हरिवन-५ घर भएका निरज लामा र मोटरसाइल ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ३८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन