महोत्तरीमा सवारी दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु « Khabarhub

महोत्तरीमा सवारी दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिबास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला-९ का ३० वर्षीय युवा घाइते भएका थिए । बर्दिवास शुभस्वस्तिक अस्पतालमा उपचार गराउने क्रममा घाइतेको ज्यान गएको प्रहरीले जनाएको छ ।

विङगर गाडीसहित चालक सर्लाही हरिवन-५ घर भएका निरज लामा र मोटरसाइल ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ३८ बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने