जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने « Khabarhub

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ ।

आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धामी घोषित भए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पुलिस क्लब, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार तथा तेस्रो हुने टोलीले रु २५ हजार र ट्रफि प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : १५ बजे

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको

महिनावारीबारे खुल्दै किशोरी, सङ्कोच मान्ने चलन हराउँदै

काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक

जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

काठमाडौं– गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५

मुस्ताङको थासाङमा भालुको जोखिम

मुस्ताङ– थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा