बाचा पूरा गर्न नसक्दा दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी « Khabarhub

बाचा पूरा गर्न नसक्दा दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले न्यूनतम पारिश्रमिक बढाउने आफ्नो बाचा पूरा गर्न नसकेको भन्दै सार्वजनिक रुपमा क्षमा मागेका छन् ।

राष्ट्रपति मुनले सन्देश जारी गर्दै यसअघि आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक १० हजार वन प्रतिघण्टा पु¥याउने आफ्नो बाचा पूरा गर्न असमर्थ रहेको भन्दै क्षमा मागेका हुन् ।

नीति निर्माणसम्बन्धी सेना प्रमुख किम साङ जोमार्फत सार्वजनिक गरिएको सन्देशमा राष्ट्रपति मुनले भनेका छन्– ‘राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।’

गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको हो । राष्ट्रपति मुनको पाँच बर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ ।

मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठीन निर्णय लिएको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ३५ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’