कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेट « Khabarhub

कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेट


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले विकासको गति तीव्ररुपले बढ्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए । निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेको सरकारले कर्णाली विकासलाई प्राथमिकता राख्ने उनको भनाइ थियो ।

चुनावताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै रक्षामन्त्री खड्काले भने, “शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको रक्षा र देशको तीव्र विकासमा वर्तमान सरकारले जोड दिन्छ । द्वन्द्वपीडितहरुलाई न्यायिक निरुपणमार्फत न्याय दिन र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराउँछौँ ।”

पुस १० को अप्राकृतिक गठबन्धन भत्केर बनेको प्राकृतिक गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने जनाउँदै उनले मुद्दामा सहमत भएका दलहरु एक ठाउँमा रहेकाले ती मुद्दाहरु पूरा हुने उनले जनाए ।

पुसमै बन्नुपर्ने सरकार चैत १७ गते बन्दा महत्वपूर्ण समय खेर गएको जनाउँदै रक्षामन्त्री खड्काले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बजेट आउने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको