दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन « Khabarhub

दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ निष्कासन गरेको छ । उक्त सेयरमा आवेदन दिने समय २०८० वैशाख ३ गतेसम्म रहेको छ । सो अवधीमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : १७ बजे

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म