शौचालयको ग्रील फोरेर हिरासतका ३ थुनुवा भागे, ड्युटीका प्रहरी निलम्बित | Khabarhub Khabarhub

शौचालयको ग्रील फोरेर हिरासतका ३ थुनुवा भागे, ड्युटीका प्रहरी निलम्बित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार भएका छन्।

ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा चारजना थुनुवा रहे पनि ३ जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन।

फरार भएकाहरु मध्ये बिक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताईएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बिरबहादुर ओलीले भेन्टिलेटरको ग्रिल भित्रपट्टी कपडाले छोपेर राखेको अवस्थामा भेटिएको बताउँदै राम्रोसंग फिक्स नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको बताए।

२३ जनाको दरबन्दी रहेको सो कार्यालयका ईन्चार्ज मख्खनप्रसाद यादव ६ दिनको बिदा लिएर उपचारका लागि काठमाण्डौ गएकै दिन शनिवार घटना घटेको हो।

उनी बिदामा रहेपछि कार्यालयको जिम्मेवारी सई चक्रबहादुर खत्रीले सम्हालेका थिए। उनीहरु भागे लगत्तै जिल्ला प्रहरीले विभिन्न माध्यमवाट खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

यसैबीच डयुटीमा लापरवाही गरेको भन्दै सेन्ट्रीमा रहेका प्रहरी जवान शमशेरबादुर थापालाई आईतवार नै निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १० : ०८ बजे

कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको

साउदी अरब ‍पुगे ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् ।

सामुदायिक विद्यालयमा मुख्यमन्त्री सिंहको अनुगमन

जनकपुरधाम –  विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा

आर्थिक सुधारलाई उच्च महत्व दिनेछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई