बजेट अभावका कारण थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन « Khabarhub

बजेट अभावका कारण थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।

काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौँबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ । 

‘ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन’, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने । बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ । यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो । 

थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ । त्यहाँबाट छ किमी काठमाडौँसम्म सडक बिग्रिएको छ । मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ । चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ ।

गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो । अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने  इन्जिनियर पौडेलले जानकारी दिए । थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ । 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : १७ बजे

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ ।काठमाडौंको

विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा

विष पिएरै भएनि पार्टीभित्रको एकता कायम गरिछाड्ने प्रयासमा जुटिरहन्छु : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट

खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका बन्द

चौतारा– चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन