कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या : ओली « Khabarhub

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या : ओली


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन् ।

गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायिकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतामा जोड दिए। उनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकता क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गरे । दक्षिण एशियाली किसान सम्मेलन  उद्घाटन गर्न अध्यक्ष ओली आज भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन् ।

ओलीले बिहीबार पार्टी निकटका किसानको संगठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशालामा हुने सातौँ राष्ट्रिय सम्मेलनले आगामी नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : १४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा