नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ « Khabarhub

नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नयाँ वर्षका अवसरमा नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ गरिएको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ नारायणी नदी किनारमा नारायणी संरक्षण वर्ष २०८० को पावन अवसरमा सहमति संस्थाले नारायणी नदी सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमका वक्ताले नदी सभ्यताबारे पानी मानव जीवनमा अत्यावश्यक रहेकाले यसको संरक्षण र सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा गैँडाकोट नगरपालिकाका पूर्व प्रमुख छत्रराज पौडेलले नदीको संरक्षणमा आफ्नो कार्यकालमा धेरै काम भएको बताउँदै अब पनि संरक्षणमा सबै जुट्नुपर्ने बताए।

गैँडाकोट–५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले नारायणी नदी पर्यटकीय आकर्षणको केन्द्र रहेकाले नगरपालिकाको तर्फबाट पनि सहयोग रहने बताए । सहमतिका सल्लाहकार संयोजक भीम शर्माले सहमतिले संरक्षण वर्षका रूपमा मनाउनु र अक्षयकोष स्थापना गर्नु नै महत्वपूर्ण कुरा भएको बताए ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदी र पानी संरक्षणमा जुट्न सबैलाई आह्वान गर्दै संस्थाको आन्तरिक कार्यक्रमअन्तर्गत वर्षभरि संरक्षणका कार्यक्रम गरिने बताए ।

सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले नारायणी नदीको दिगो संरक्षण गर्दै सुरु गरिएको यो ५० औँ सरसफाइको कार्यक्रम भएको जानकारी दिए । सहमतिको सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले पानीको महत्वबारे आम जनमानसमा जानकारी गराउँदै यसको संरक्षणमा जागरुक गराउँदै आएको र यो निरन्तर चलिरहने बताए ।

सहमतिको परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोगसमेत गर्दै आएको परियोजनाका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिए । सो अवसरमा नदी किनारमा सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक ‘प्ले कार्ड’ टाँगिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  २ : ३२ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन