रुन्टिगढि गाउँपालिका रोल्पाको पाँचौ गाउँसभा सम्पन्न « Khabarhub

रुन्टिगढि गाउँपालिका रोल्पाको पाँचौ गाउँसभा सम्पन्न


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलबी मगर

रोल्पा– रुन्टिगढि गाउँपालिका रोल्पाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभाले आगामी आर्थिक बर्ष २०७६/ २०७७ का लागि चालू र पुजिगत गरि कुल बजेट ४६ करोड ५६ लाख ४ हजार रुपैयाँ बजेट बिनियोजन गरि पास गरेको छ।

गाउँसभाबाट नमुना बिद्यालय स्थापना , नमुना स्वास्थ कार्यक्रम , राष्ट्रीय मिडिया सम्मेलन २०७६, कृषि तथा जडिबुटी महोत्सव २०७६, सबैभन्दा पहिला बिकासमा महिला , कृषि अनुदान ,जेष्ठ नागरिक दिवा सेवा केन्द्र , बालबालिका सहारा केन्द्र स्थापना , गोठ देखि ओठ कृषिक लाई नोतै नोट , गाउँपालिका इजलास स्थापना , गाउँ नगर प्रहरी सेवा सन्चालन , पर्यटन प्रबर्द्धन जस्ता नयाँ र नमुना निति तथा कार्यक्रमहरु सर्बसम्मत रुपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए ।

उल्लेखित कार्यक्रमहरुले समग्र रुन्टिगढि जनताको जिबनस्तर माथी उठाउनमा सहयोग पुर्याउनुनेमा बिस्वस्त रहेको गाउँपालिकाकी उपाध्यक्ष छ्माया पुन बताउँछिन् । नीति तथा कार्यक्रमले सबै क्षेत्र , बर्ग समुदायलाई समेटिएको गाउँपालिकाका प्रबक्ता जगत बहादुर घर्तीले जानकारी दिए ।

असार ९ र १० गतेदेखि सुरु भएको गाउँसभा विभिन्न विषयमा छलफल गर्दै आइतबार सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षता र उपाध्यक्ष छमाया पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन गाउँपालिकाका नायव सुब्बा दिपक डि.सि. गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ४५ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई