रुन्टिगढि गाउँपालिका रोल्पाको पाँचौ गाउँसभा सम्पन्न | Khabarhub Khabarhub

रुन्टिगढि गाउँपालिका रोल्पाको पाँचौ गाउँसभा सम्पन्न


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलबी मगर

रोल्पा– रुन्टिगढि गाउँपालिका रोल्पाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभाले आगामी आर्थिक बर्ष २०७६/ २०७७ का लागि चालू र पुजिगत गरि कुल बजेट ४६ करोड ५६ लाख ४ हजार रुपैयाँ बजेट बिनियोजन गरि पास गरेको छ।

गाउँसभाबाट नमुना बिद्यालय स्थापना , नमुना स्वास्थ कार्यक्रम , राष्ट्रीय मिडिया सम्मेलन २०७६, कृषि तथा जडिबुटी महोत्सव २०७६, सबैभन्दा पहिला बिकासमा महिला , कृषि अनुदान ,जेष्ठ नागरिक दिवा सेवा केन्द्र , बालबालिका सहारा केन्द्र स्थापना , गोठ देखि ओठ कृषिक लाई नोतै नोट , गाउँपालिका इजलास स्थापना , गाउँ नगर प्रहरी सेवा सन्चालन , पर्यटन प्रबर्द्धन जस्ता नयाँ र नमुना निति तथा कार्यक्रमहरु सर्बसम्मत रुपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए ।

उल्लेखित कार्यक्रमहरुले समग्र रुन्टिगढि जनताको जिबनस्तर माथी उठाउनमा सहयोग पुर्याउनुनेमा बिस्वस्त रहेको गाउँपालिकाकी उपाध्यक्ष छ्माया पुन बताउँछिन् । नीति तथा कार्यक्रमले सबै क्षेत्र , बर्ग समुदायलाई समेटिएको गाउँपालिकाका प्रबक्ता जगत बहादुर घर्तीले जानकारी दिए ।

असार ९ र १० गतेदेखि सुरु भएको गाउँसभा विभिन्न विषयमा छलफल गर्दै आइतबार सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षता र उपाध्यक्ष छमाया पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन गाउँपालिकाका नायव सुब्बा दिपक डि.सि. गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ४५ बजे

घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या

दाङ- घरासयी विवादका क्रममा एकजना पत्नीले चिर्पट प्रहार गरे पतिको

तमानखोलाका एक सय सत्र घरमा खानेपानीका धारा जडान

ढोरपाटन– यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या

कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको

साउदी अरब ‍पुगे ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् ।

सामुदायिक विद्यालयमा मुख्यमन्त्री सिंहको अनुगमन

जनकपुरधाम –  विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो