अदानचुलीका १६५ सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता « Khabarhub

अदानचुलीका १६५ सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा प्रोत्साहनबापत पाउने  भत्ता नपाएको उनीहरूको भनाइ छ । 

गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन् । अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको दुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरीले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गरे । पटक–पटक स्वास्थ्य चौकीमा उक्त भत्ता माग्न जाँदा निकासा नआएको जवाफ पाउने गरेको बताउँदै सुत्केरी महिलाहरूले अब त माग्नसमेत छोडेको जनाएका छन् ।

सुत्केरीले चार पटक गर्भ जाँच गरेको चार सयका दरले एक हजार छ सय र प्रसूतिगृहमा सुत्केरी भएबापत तीन हजार प्रोत्साहन भत्ता गरी चार हजार ६ सय हालसम्म पाउन सकेका छैनन् । भत्ता श्रीनगर स्वास्थ्य चौकीबाट प्रसूति गृहबाट घर फर्कने बेला पाउनुपर्ने भए पनि हालसम्म पाउन नसकेको उनीहरूको भनाइ छ ।

श्रीनगर स्वास्थ्य चौकीका अनमी  सुस्मिता फडेराले सबै सुत्केरीले पाउनुपर्ने भत्ता सात लाख ५९ हजार छ । आफूहरूले भत्ता निकासाका लागि पटक–पटक गाउँपालिकालाई जानकारी गराए पनि निकासै नआएको उनको भनाइ छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आफू साउनमा मात्रै आएका कारण त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : ४० बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न