सिद्धिगणेशद्वारा जात्रालुलाई खानेपानी उपलब्ध  « Khabarhub

सिद्धिगणेशद्वारा जात्रालुलाई खानेपानी उपलब्ध 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पानी जीवन हो । पानीविना मानिस बाँच्नै सक्दैन । यही कुरालाई मध्यनजर गरी भक्तपुरको चोर्चास्थि सिद्धिगणेश सहकारी संस्था लिमिटेडले सोमबार खानेपानीको सुविधा उपलब्ध गराएको छ ।

कार्यालय नजिकै स्टल राखेर निःशुल्क खानेपानीको सुविधा उपलब्ध गराएको हो । बाटोको छेउमा पानीको जारहरु, पानी खन्याउने भाँंडो, जगलगायतका सामान तथा स्वयंसेवक परिचालन गरी पानी खुवाउने बन्दोवस्त मिलाएको हो । 

बिस्का जात्राको क्रममा सोमबार भक्तपुरमा ठूलो जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वगं वियगू (देवतालाई सगुन चढाउने जात्रा) भनिन्छ । यो क्रममा दिनभर भक्तपुर नगरभरि मानिसको भिड नै लागेको हुन्छ । बिहानदेखि रातिसम्म नगरभरि सबैतिर भीड लाखेको हुन्छ । यही भीडमा रहेकाहरूलाई पानीको तिर्खा लाग्ला र उनीहरु पानीको लागि छटपटिएला भनेर पानीको सुविधा दिएको संस्थाले जनाएको छ । 

संस्थाका कर्मचारी चन्द्र दुमरुले संस्थाले वर्षमा एक पटक यो जात्रामा मात्रै नभई नगरमा भइरहने जात्रापर्वमा यस्तै जनहितकारी कामहरू गर्दै आएको सुनाए । यसका साथै संस्थाले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको जानकारी उनले गराए । 

सिद्धीगणेश सहकारी संस्था भक्तपुरकै सबैभन्दा ठूलो सहकारी संस्था हो । यसको केन्द्रिय कार्यालय भक्तपुर नगरपालिकाको चोर्चामा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : २७ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी