वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने « Khabarhub

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ३२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल