लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । १७ मिलिग्राम लागूऔषध र नगद १४ हजार ५ सय रुपैयाँसहित सोही नगरपालिका–३ का २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै कैलालीका भजनी नगरपालिका–५ कव्वाखेडाबाट पनि लागूऔषधसहित प्रहरीले सोही नगरपालिका–३ कनैयापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

उनको साथबाट ३ ग्राम ८० मिलिग्राम लागूऔषध बरामद भएको हो । ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ३६ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम