सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री « Khabarhub

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए ।

“वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, उनले भने , “देशको अर्थ व्यवस्थाबारे यहाँहरू जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो ।”

सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता नपर्ने उल्लेख गर्दै उनले अप्ठ्यारो समयमै एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए । “सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको कार्यक्षमता बढाउने चुनौती छ”, उनले भने ।

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादात्म्य नहुँदा कतिपय समस्या सिर्जना भएको उल्लेख गर्दै मन्त्री महतले बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्यका साथ सँगसँगै लैजानुपर्ने बताए । “तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौँ, अहिलेको परिवेशमा त्यो महत्त्वपूर्ण छ”, मन्त्री महतले भने ।

अर्थतन्त्रलाई सबल बनाउन आफूले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको उल्लेख गर्दै उनले अब विस्तारै आर्थिक सूचकाङ्क सकारात्मक हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : ३२ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी