चौतर्फी आलोचनापछि स्मार्ट पार्किङको शुल्क घट्यो « Khabarhub

चौतर्फी आलोचनापछि स्मार्ट पार्किङको शुल्क घट्यो


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुरु गरेको स्मार्ट पार्किङको शुल्क आधा घण्टा र एक घण्टाको एउटै भएको भन्दै चर्को आलोचना भएपछि आधा घण्टाको पार्किङ शुल्क छुट्टै तोकिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब भने आधा घण्टाको मात्र १५ रुपैयाँ तिरे पुग्ने भएको छ । यसअघि आधा घण्टा वा सोभन्दा कम समय पार्किङ गरेपनि पूरै एक घण्टा सरहको २५ रुपैयाँ शुल्क तिनु पर्थ्यो ।

केही मिनेट पार्किङ गर्दा पनि पूरै एक घण्टाको शुल्क तिनु पर्दा सर्वसाधरणले चौतर्फी आलोचना गरेपछि महानगरपालिकाले शुल्क घटाएको हो ।

महानगरले ह्विल्स ट्रयुली योर्स कम्पनीसँगको साझेदारीमा असार १ गतेबाट काठमाडौंको न्युरोड, खिचापोखरी, पाको, धर्मपथ र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको थियो ।

कम्पनीले उपभोक्तासँग दुईपांग्रे सवारीको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको ८० रुपैयाँ लिँदै आएको छ ।

आइतबार भएको महानगरको पाँचौ अधिवेशनले स्मार्ट पार्किङको भाडा घटाउने निर्णय गरेको हो । निर्णयसँगै दुईपांग्रे सवारीको आधा घण्टा समयको पार्किङ शुल्क १० रुपैयाँ घटाएर १५ रुपैयाँ लिने व्यवस्था गरिएको छ । तर चार पांग्रेको शुल्क भने घटाइएको छैन ।

महानगरले जनताको गुनासोको आधारमा शुल्क घटाउने निर्णय निकालेको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई जानकारी दिए ।

‘सुरुवाती चरण भएकाले १ महिनासम्म महंगोमै पार्किङ गरेपनि अब महानगरले शुल्क निर्धारण गरेको छ’ उनले भने ‘आधा घण्टा पार्किङ गर्नेलाइ दुईपांग्रेको हकमा १५ रुपैयाँ र चारपांग्रेको हकमा ५० रुपैयाँ लाग्नेछ’ । एक घण्टाको शुल्क भने हाल लागू भइरहेकै अनुसार हुने महानगरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

स्मार्ट पार्किङले दिएको ‘सकस’– मासिक ८ हजार पार्किङमै बुझाउनुपर्ने भो !

न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ

 

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ३३ बजे

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ

काठमाडौं – सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर