विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट आठजना लागूऔषधसहित पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

सर्लाहीकै लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमालसमेत तीनजनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय पदम साउद समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागूऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ४४ बजे

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष