आजको प्रतिनिधिसभा बैठकमा एउटा मात्रै कार्यसूची « Khabarhub

आजको प्रतिनिधिसभा बैठकमा एउटा मात्रै कार्यसूची


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।

संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले एउटा मात्र सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

यद्यपि बैठकको आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राख्न सभामुखले समय दिन सक्नेछन् ।

मंगलबार बोलाइएको राष्ट्रिय सभाको बैठक भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : १३ बजे

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको

गर्मीमा सीजीको ‘मास्टरस्ट्रोक’ : ‘फ्रस्टलाइन’ कुलर लाइनअप सार्वजनिक

काठमाडौं– सिजीले गर्मीलाई लक्षित गरी ‘फ्रस्टलाइन’ बजारमा ल्याएको छ । कम्पनीले नयाँ